विश्व प्रकाश शर्मा १ हजार ६०२ मतान्तरले अगाडी



झापा । झापा निर्वाचन क्षेत्र नं.१ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले १ हजार ६०२ मतान्तरले अग्रता लिएका छन्।

७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए। प्रदेशसभा १ मा पनि पनि सत्ता गठबन्धनका गोपाल तामाङ एमालेका रविन कोईरालाभन्दा झिनो मतान्तरले अगाडि छन्।

१ लाख २० हजार ५२३ कुल मतदाता रहेको झापा १ मा प्रतिनिधिसभामा ८१ हजार ८६४ र प्रदेशसभा १ (१) मा ४८ हजार ९३९ र १(२) मा ३२ हजार ८२५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्