गुल्मीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते



गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान कुढडाडाँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन्।

बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती–३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए।

घाइते हुनेहरुमा सत्यवती–३ का ३३ वर्षका कार्बाेलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए। घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्