बीवाइडीले बनायो ३० लाख ‘न्यु इनर्जी भेहिकल’



काठमाडौं । गत साता बीवाइडी कम्पनीले न्यु इनर्जी भेहिकल उत्पादन ३० लाख युनिट पूरा गरेको छ । चिनियाँ ग्लोबल ब्रान्ड बीवाइडीले आफ्नो हेडक्वार्टर सान्जेन चाइनामा ३० लाख युनिट रोलआउट गरेको खुसियाली मनाएको थियो । बीवाइडीले न्यु इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख युनिट एउटा सङ्केत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको जनाएको छ ।

चिनियाँ निर्माताले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट १ वर्षमा पूरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र बिक्री ६ महिनामा पूरा गरेको हो ।

कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटेजीअनुसार भविष्यमा ग्लोबल अटोमोबाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तीव्र गतिमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशका ७० वटा देशका ४०० वटाभन्दा बढी शहरहरूमा पु¥याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्