बेलारूसका विदेश मन्त्रीको मृत्यु



एजेन्सी । बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ । भोलि (सोमबार) रूसी समकक्षी सर्जेई लाभरोभसँग भेट्ने कार्यतालिका भएका मन्त्री माकेईको कसरी मृत्यु भएको हो भन्नेबारे केही खुलाइएको छैन।

माकेई ६४ वर्षका थिए । उनी सन् २०१२ देखि बेलारूसका विदेश मन्त्री थिए। सुरूमा तानाशाही शासक अलेक्जेन्डर लुकासेन्कोका स्टाफ रहेका उनी पछि विदेश मन्त्री बनेका हुन् । विदेश मन्त्री हुँदा उनले सरकार विरोधी प्रदर्शन दमन र बाहिरी दुनियाँमा लुकासेन्को शासनको बचाउ गर्ने गर्थे। दिवंगत माकेईप्रति राष्ट्रपति लुकासेन्कोले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्