चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले जवाफ दिए : सुवास नेम्वाङ



इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले गतिलो जवाफ दिएको बताएका छन् । इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनअघि एमाले चुनावपछि भेटिँदैन भन्नेहरू पनि थिए । तर, अहिले लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी हो ।

उनले अगाडि भने जनताको निर्णय भनेको कसैलाई एक्लै होइन। सबै दलहरू मिलेर छलफल गर भनेका अघि बढ्न जनताको आदेश छ । यो आदेशअनुसार अघि बढ्नका लागि जनताको जनादेश छ ।’

नेम्वाङले लोकतन्त्रमा स्वच्छ निर्वाचनमा भाग लिनु नै जायज भएको बताएका छन् आफूले ३१ राजनीतिक दलको सहमति जुटाएर जनताको चाहना र भावनालाई कदर गरेर संविधान बनाएको उनको दाबी छ ।

धर्म निरपेक्षता, समावेशीकता र समाजवाद उन्मुख संविधान एमालेले जारी गरेको उनले बताएका छन् । संविधानलाई संशोधन गरेर चुच्चे नक्सा ल्याएको उनको भनाइ छ। निर्वाचनमा भाग हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा नेम्वाङले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्