दोलखाका १० वटा मतदान केन्द्रमा पुन: मतदान हुने



दोलखा । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको लागि आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष पेश गरेका छन् ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको छ । त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्