समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा : एमाले पहिलो बन्दा नेकपा एस आठौं स्थानमा



काठमाडौं । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा दर्ज गरेको छ ।

निर्वाचन आयोगमा प्रविष्ट भएको पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख ३१ हजार २ सय ८२ मत समानुपातिकतर्फ प्राप्त गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो दल बनेको छ । उसले २६ लाख ३ हजार ३८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र ११ लाख ५५ हजार ४५ मतसहित तेस्रो स्थानमा छ । घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७ सय ४० मत प्राप्त गर्दै समानुपातिकतर्फ चौथो ठूलो दल बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार १ सय ३, जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १ सय ८६, जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने ३ लाख मत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार ६ सय ३ मत प्राप्त गर्दै आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्