ग्रेडरले कुल्चिँदा धनगढीमा विद्यार्थीको मृत्यु



कैलाली । कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिएर कुल्चिँदा अन्दाजी १५ वर्षकी चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी उपमहानगरपालिका-५ पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत थिइन् । प्रहरीले ना १ क ९७५ नम्बरको ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षका विमल कुमाललाई नियन्त्रणमा लिएको छ । अहिले आक्रोशित स्थानीय तथा विद्यार्थीले उक्त घटनाको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्