कांग्रेस उपसभापति खड्का र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर फर्किने क्रममा खड्का खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए । भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको खड्काले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको खड्काले जानकारी दिएका छन् । सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएपछि शीर्ष नेताबीच छलफल गर्ने विषयमा संवाद भएको खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्