कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । आज देशका धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) हुने छ।

यसैबीच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्