नेकपाका महासचिव विप्लवलाई मातृशोक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक परेको छ । विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ ।

स्व आशिकाका विप्लवसहित ३ छोरा र १ छोरी छन् । विगत केही समयदेखि उनी बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्