राप्ती नदी किनारमा २ जना बालिकाको शव फेला



दाङ । बाँकेस्थित राप्ती नदी किनारमा दुई जनाको शव भेटिएको छ । राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता भएका उनीहरुको खोजीगर्ने क्रममा आइतबार दिउँसो मात्र राप्तीसोनारी गाउँपालिका-६ अन्तर्गत खल्लाटपरीमा शव भटिएको हो ।

प्रतिक्रिया दिनुहोस्