लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात बुटवलबाट दाङ सारियो



दाङ । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सामानहरू रातारात दाङ पुर्‍याइएको छ। स्थायी पुर्वाधार नबनाई राजधानीका संरचनाहरू दाङ सार्न नहुने आवाज उठिरहेका बेला गएराती तीन वटा ट्रकमा सामानहरू दाङ पुर्‍याइएको हो।

चुनावपछि प्रदेश सरकार हस्तान्तर नुहँदै संक्रमणकालमा मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरीमा राजधानी सार्न हतारो गरिरहेका छन्। प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, अन्य मन्त्रालयका काम दाङबाटै सुरु गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले दाङको देउखुरीमा कार्यालयहरुको मतर्मत संभार तीव्र भएको भन्दै अहिलेलाई मुख्यमन्त्री कार्यालय तर्फको निजी सचिवालय तर्फको सामान लगेको बताए । राजधानीको संरचना सार्ने तयारी भइरहँदा जिल्लाका प्रदेश सांसद, रुपन्देही कांग्रेस र एमालेले विरोध जनाएका छन्।

केहीदिनअघि प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयां बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए ।

यस्तै, कांग्रेस र एमालेका जिल्ला समितिहरुले पनि राजधानी सार्ने काम रोक्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्