निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई सरकारले दिए धन्यवाद



काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। गत मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाज लगायतलाई पनि धन्यवाद दिएको छ ।

नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्