प्रधानमन्त्री देउवालाई धनगढीमा १५ किलोको माला



धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार धनगढी पुगेका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन् । उनले महोत्सव उद्घाटन गरेका छन् ।

सो अवसरमा देउवालाई आयोजकले १५ किलोको माला लगाइदिएका छन् । प्रधानमन्त्री देउवा हालसम्म लडेका सबै चुनाव (सातपटक) जित्ने एक्ला नेता हुन् । उनी ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्