कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सुवेदीलाई



काठमाडौं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्