सिभिल बैंकले ३ शहरलाई डिजिटलाइज बनाउँदै



काठमाडौं । पछिल्ला दिनमा विभिन्न बजार तथा पेसाहरू धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरूको सक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो ।

पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवसायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैंकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाइज गरेको छ । अब देखि ती टेम्पोहरूमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान १ वर्ष अगाडि नै गभर्नर अधिकारीको नेतृत्वमा सुरु भएको थियो ।

यस्तै सिभिल बैंकको सक्रियतामै गत महिनामा सुदूरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न ४ स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ती स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगन्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।

यस्तै सिभिल बैंकले मधेस प्रदेशको जनकपुरमा रिक्सा, चिया पसल र विभिन्न फलफूलहरूलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । विभिन्न शहर तथा व्यवसायलाई डिडिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैँकको सक्रियताको प्रशंसा गरे ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तीय संस्था आबद्ध छन् । १ करोड ७० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स्मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ । हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

प्रतिक्रिया दिनुहोस्