‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’ सम्पन्न



काठमाडौं । ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले पाएकी छिन् । एनसेलले नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याउने महिलालाई यो अवार्डसहित ३ लाख रूपैयाँ नगद दिने गर्छ ।

कार्की नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी पूर्वडीआईजीसमेत हुन् । सिस्टम एनालिस्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा आरम्भ गरेकी कार्की आईसीटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।

एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्