सुदूरपश्चिम प्रदेशका ज्येष्ठ सदस्य मानबहादुर रावलले लिए शपथ



कैलाली । सुदूरपश्चिम प्रदेशका ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अरु प्रदेश सदस्यहरुकोलाई पनि आजै शपथ गराइँदैछ । उनीहरूलाई ज्येष्ठ सदस्यले शपथ गराउने छन् । ६ जना प्रदेश सभासदस्यहरुले थारू भाषामा सपथ लिँदैछन् । नागरिक उन्मुक्तिबाट प्रत्यक्ष निर्वाचित ५ जना र कांग्रेसकी समानुपातिक सांसद एक जनाले मातृभाषामा शपथग्रहण गर्ने छन् ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुख कार्यालयमा ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ गराएसँगै अव अन्य ५२ सांसदलाई पनि पद तथा गोपनीयताको शपथ गराउन सुरु गरिएको हो । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्