सेञ्चुरी कमर्सियल बैंक को १२ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । उक्त सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्काली काठमाण्डौंमा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८र ७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको ला) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल बैकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८र७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ । यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु.९७.२९ अर्व र कर्जा रकम  ८७.४५ अर्व परिचालन गरी .३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्