यस्तो छ आजको मौसम



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ।

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाउँदै विभागले चिसो क्रमिक रुपले बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्