फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिए रोनाल्डो



काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आधिकारिक रुपमा साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्। उनी सन् २०२५ सम्मका लागि उक्त क्लबमा अनुबन्धित भएका हुन्।

कतारमा आयोजित विश्वकपअघि म्यानचेस्टर युनाइटेड र रोनाल्डो उनीहरुबीचको सम्झौता रद्द गर्न तयार भएका थिए। त्यसपछि उनी फ्रि एजेन्टको रुपमा थिए। बीबीसीका अनुसार रोनाल्डो फुटबल इतिहासकै कीर्तिमानी तलबमा साउदी क्लबमा जोडिएका हुन्।

उनले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने बीबीसीले उल्लेख गरेको छ। ३७ वर्षीय रोनाल्डोले फरक मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ। रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो।

प्रतिक्रिया दिनुहोस्