ओलीलाई भेट्न बालकोट पुगे रवि



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। शनिबार भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ।

यसअघि आजै बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। बालुवाटारमा भएको भेटमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारेमा संक्षिप्त रिपोर्ट प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछाने निर्देशन पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्