माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान



पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो।

दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो। कृष्णप्रसाद धितालले पनि दावी रहेपछि शनिबार टुंगो लाग्न सकेको थिएन। उनले दावी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भए ।

तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।

गोरखा १ (ख) बाट निर्वाचित धिताल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट सांसद हुन्। दलको नेता नभएका धिताल गण्डकीको सभामुख बन्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्