हात्तीको आक्रमणबाट झापामा १ जना महिलाको मृत्यु



झापा । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

शिवसताक्षी-११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेतिर एउटा छावासहित चारवटाको सङ्ख्यामा आएका हात्ती बस्तीमा पसेका थिए। बस्तीमा पसेको हात्तीले घर भत्काउन थालेपछि सुतिरहेका भण्डारी दम्पती बाहिर निस्किएका थिए । त्यही क्रममा हात्तीले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते कृष्णमायाको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो । घाइते शान्तिरामको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्