यो वर्ष पनि त्रिविले पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसनको भर्ना नखोल्ने



काठमाडौं। त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायले यो शैक्षिक सत्रमा पनि ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ।

त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर ३ सेमेस्टरको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ।

शिक्षा शास्त्र संकायकाले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम जनाएको छ ।

पाठ्यक्रम निर्माण कार्य द्रुत गतिमा हुन सकेको छैन। चैतमा भर्ना खोल्ने गरी काम सक्ने हाम्रो प्रयास भए पनि सम्भावना कम रहेको त्रिविले जनाएको छ । पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरु काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिनको कार्यालयले जनाएको छ ।

त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेष्टर प्रणालीमा ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो। तर एक वर्षे बीएड बन्द गरेको २ वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरु समस्यामा परेका छन् ।

शिक्षाबाहेक अन्य संकायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेशामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उतीर्ण गर्नुपर्ने सरकारी नियम छ। त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरु समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्