विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण



काठमाडौं । मोरङ पथरी शनिश्चरे–१ मा रहेको सुनाखरी युवा क्लब क्लबले आर्थिक रुपमा विपन्न परिवारलाई एक/एकवटा ब्ल्याङ्केट वितरण गरेको छ। साथै क्लबले विपन्न फुटबल खेलाडीहरुलाई फुटबल, फुटवल सुज र जर्सी समेत वितरण गरेको छ। उज्यालो पथरी अभियान लिएर अघि बढेको सुनाखरी युवा क्लबले जाडो मौसम बढे लगत्तै न्यानो अभियान सञ्चालन गरेको छ।

जाडोमा न्यानो बनाउने उद्देश्यअन्तर्गत २२ परिवारलाई ब्ल्याङ्केट वितरण गरेको क्लबका अध्यक्ष मिलन राईले बताए। क्लबले प्रत्येक वर्ष समाजमा सचेतना फैलाउँदै लागू औषधविरुद्ध कार्यक्रम, खेलमैदान मर्मत, बजार सरसफाइ, फुटबल प्रतियोगिता, मिनी मेला सञ्चालन, दीपावली साँझलगायत कार्यक्रम गरिरहेको छ। यसैबीच नेपाल शिक्षक महासङ्घ पथरी शनिश्चरे नगर समितिले नगरका सेवा निवृत्त शिक्षक तथा २२ कर्मचारीलाई सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्