राप्रपालाई बाग्मतीको मुख्यमन्त्री बन्न कांग्रेसको प्रस्ताव



काठमाडौँ । नेपाली कांग्रेसले बाग्मती प्रदेसमा मुख्यमन्त्री बन्न राप्रपालाई प्रस्ताव गरेका छन् । कांग्रेसका बाग्मतीका संसदीय दलका नेता बहादुरसिंह लामाले त्यहाँ सरकार गठनमा कांग्रेसले अन्तिमसम्म प्रयास गर्ने बताएका छन् ।

सञ्चाारकर्मीसँग लामाले अहिले नै हार नमानेको बरु समर्थन गर्ने दलको पर्खाइमा रहेको बताए । ‘हामीलाई राप्रपाको समर्थनको खाँचो छ। यसबारे छलफल पनि भइरहेको छ,’ लामाले भने।’

बाग्मतीमा कांग्रेसको सरकार बन्न थुप्रै सम्भावना रहेको लामाले बताए। ‘राप्रपा संसदीय नेता उद्धवजीलाई हामीले हाम्रै समर्थनमा मुख्यमन्त्री बन्नुस् भनेर प्रस्ताव गरेका हौं। तर उहाँ केन्द्रको निर्णय कुरिरहनुभएको छ। अहिले हामी पनि छलफलमा नै छौँ’ उनले भने।

बाग्मतीमा सरकार गठनबारे अन्य दलहरूसँग छलफल भइरहेको बताउँदै उनले सहमति बनेमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिने लामाले बताए।

११० सदस्यीय बाग्मती प्रदेशमा सरकार गठन गर्न बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ।

बाग्मती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्