प्रधानमन्त्री प्रचण्डको लागि अन्य दलसँग रवि लामिछानेले विश्वासको मत माग्ने



काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनका लागि अन्य दललाई आग्रह गर्ने भएको छ ।

आइतबार बसेको संसदीय दलको बैठकमा आफू पनि सरकारमा भएका कारण यो सरकारलाई विश्वासको मत दिन अन्य दललाई आग्रह गर्ने निर्णय भएको रास्वपाका सांसदले जनाएको छ ।

हामीहरु पनि सरकारमा भएकाले विश्वासको मत माग्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने कुरा बैठकमा उनठेकाले विश्वासको मत माग्ने निर्णय गरेको रास्वपाका सांसदहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन्।

बैठकमा पार्टीका सभापति रवि लामिछानेले न्युनतम साझा कार्यक्रममा बारेमा जानकारी दिएका थिए।

आफूहरुले चुनावमा राखेको प्रतिवद्धता पत्रका कुराहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको निष्कर्ष निकाल्दै बैठकले अब यसको कार्यान्वयमा ध्यान दिने उनले बताए ।

सरकारमा सहभागी भइसकेपछि पार्टीका सांसदहरुले आफ्नो जिल्लामा पाएका प्रतिक्रिया बैठकमा सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्