प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन बैठक बस्दै छ। यसका लागि कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्नेछ।

यसअघि पदाधिकारी बैठक बस्नेछ। सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवाले आज बिहान पार्टी (पदाधिकारी तथा संसदीय दल) मा छलफल गरेर निर्णय दिन्छु भनेका छन्।

प्रतिक्रिया दिनुहोस्