एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई सर्तसहित समर्थन गर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त समर्थन गर्ने भएको छ। आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई ससर्त समर्थन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

“यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। विश्वासको मत दिन्छ। एजेन्डा राखिनेछन्। एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” खतिवडाले भने ।

एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसदको सोमबार भएको पहिलो बैठकमा सो दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्