पोखरामा यती एयरको विमान दुर्घटना



काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको सेती खोचमा विमान दुर्घटना भएको हो। काठमाडौंबाट पोखराका लागि उडेको विमान विमानस्थल नजिकै पुग्न लाग्दा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

७२ यात्रु क्षमताको एटीआर विमानमा ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ। विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्