सभामुखमा एमालेका देवराज घिमिरेले गरे उम्मेदवारी दर्ता



काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्