सिभिल मलमा युवकले आफ्नै जिउमा लगाए आगो



काठमाडौँ। काठमाडौँको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार २९-३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्