म्यानपावर व्यवसायमा श्रममन्त्रीको संलग्नता देखाइदिनुस्, कारबाही गर्छु : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री डोलप्रसाद अर्यालको संलग्नता म्यानपावर कम्पनीमा देखिए सुरुमा आफैँले कारबाही गर्ने बताएका छन् । संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले अर्यालको संलग्नता कतै देखिए आफूलाई बताउन आग्रहसमेत गरेका हुन्।

श्रममन्त्रीको संलग्नता रहेको भए सेयरलगत देखिन्छ। केही न केही कागजात हुन्छ। तर हामीले त्यस्तो पाएका छैनौं। उहाँले स्पष्टीकरणमा पनि आफ्नो संलग्नता नरहेको बताउनुभएको छ। तपाइँहरुले संलग्नता देख्नुभए खबर गर्नुहोला। सुरमा म आफैँले कारबाही गर्छु,उनले भने।

उनले उपराष्ट्रपति आफूहरुले पाउनु सहमति भएको बताएका छन् । त्यस विषयमा पार्टीको बैठक भोलि बस्ने र उम्मेदवार चयनबारे छलफल हुने गृहमन्त्री लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्