संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु : सभामुख घिमिरे



काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताएका हुन् । उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्