राष्ट्रिय प्रशिक्षक आवश्यक परे निवेदन दिन राखेपको संघलाई सूचना



काठमाडौँ। आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी प्रभावकारी बनाउन विदेशी प्रशिक्षक आवश्यक पर्ने भए आवेदन दिन राखेपले खेल संघहरुलाई सूचना जारी गरेको छ ।

राखेपको तालिम तथा प्रशिक्षण विभागले दर्ता भएका राष्ट्रिय खेल संघका खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आवश्यक भएमा १५ दिनभित्र आवेदन पेश गर्न बिहीबार सूचना जारी गरेको हो ।

परिषदमा कार्यरत प्रशिक्षक नभएका खेलहरु, ओलम्पिकमा समावेश खेलहरु, एसियाली र दक्षिण एसियाली खेलकुद खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता गराउने खेलसंघलाई विदेशी प्रशिक्षकका लागि आवेदन दिन भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्