वाणिज्य बैंकको नाफा गत वर्षकोभन्दा ११.८७ प्रतिशतले बढ्दा ३० अर्ब बढी पुग्यो



काठमाडौँ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् ६ महिना (पुस मसान्त) सम्म ३० अर्ब १३ करोड खुद मुनाफा कमाएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म उक्त परिमाणमा खुद नाफा गरेका छन् । २० मध्ये १३ वटा बैंकको नाफा बढ्दा ७ वटा बैंकको भो नाफा घटेको छ । सार्वजनिक वित्तीय विवरणले देखाएका अनुसार प्रभु, सनराइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल बैंकको नाफा घटेको छ ।

वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा गरेको छ। बैंकले पुस मसान्तसम्म ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब १८ करोड मुनाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ५६.६७ प्रतिशत धेरै नाफा हो।

प्रतिक्रिया दिनुहोस्