बोतल, जर्किनजस्ता भाँडामा हालेर पेट्रोलियम पदार्थ बेचे कारबाही



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किनजस्ता भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न प्रतिबन्ध लगाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गरी पम्प सञ्चालकहरूलाई पेट्रोलियम पदार्थ प्रज्ज्वलनशील पदार्थ भएकाले यसलाई सीधै पम्पबाट भर्नेबाहेक खुला रूपमा बिक्री नगर्न आग्रह गरेको हो।

पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भएकाले बोतल, जर्किनजस्ता भाँडामा पेट्रोल नराख्न प्रहरीले भनेको छ। सूचनाविपरीत बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्