पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीपलाई भेटे



काठमाडौं । नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।

यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् । नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् ।

यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ-क्यान-का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए । रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्