![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2023/01/RanjitaShrestha1_20230109151927.jpg?fit=1000%2C525&ssl=1)
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।
राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।