एलपिएल ३ मा सिद्धार्थ र लिटिल सेमिफाइनलमा प्रवेश 



कैलाली : डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर स्कुल धनगढी एलपिएल ३ को सेमिफाइनल प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा सरस्वति मावि गेटालाई ३२ रनले पराजित गर्दै सिद्धार्थ सेमीफाईनल प्रवेश गरेको हो । संघिय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो ।

 

सिद्धार्थ शिशु सदनको लागि ब्याटिङ्मा खडक बोहराले अविजित १०३ रनको सतकीय पारी खेले । उनको यो सतक एलपिएल क्रिकेटकै पहिलो सतक हो । १सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्र बनायो । सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त भएन् ।

 

यस्तै दोस्रो खेलमा लिटिल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी माथि १७ रनको जित निकालेको छ । जित सङ्गै लिटिल फ्लावर स्कुल सेमिफाइनल प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९।१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

 

१४५ रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रेको क्यास्पियन एकेडेमले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो । क्यास्पियनका लागी दिनेश अधिकारीले ७२ रन बनाएपनि आफनो टीमलाई जिताउन सकेन्न । खेलमा उत्कृष्ट प्रदर्शन गरेका लिटिल फ्लावरका शेर मल्ल खेलको म्यान अफ द म्याच घोषीत भए ।

 

प्रतिक्रिया दिनुहोस्