लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु



दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराइले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरिरहेका छन् । मतदानस्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

कुल मतदाता संख्या ३ सय ५ रहेको लुम्विनीमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्