नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु



नुवाकोट । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका(४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटना विदुरको चैनपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । केही घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउनेक्रम जारी डिएसपी खगेन्द्र खड्काले बताए । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्