तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ । बिहिबार हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्