नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं : सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से २६.८० अंकल घटेको छ । नेप्से १९७५.८९ अंकमा बन्द भएको छ । बैंकिङ उपसूचकमा १.७१ प्रतिशतले गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । नेप्सेमा आइतबार ४७ लाख ७२ हजार १४० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्