मोटरसाइकल र जीप ठोक्किँदा डोटीमा ६ जना घाइते, २ को अवस्था गम्भीर



डोटी । डोटीको सदरमुकाम सिदगढीमा मोटरसाइकल र जीप एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। सिलगढीबाट परिवारका सदस्य बोकेर दिपायलतर्फ जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जीप र दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य शाखाबाट आउँदै गरेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

दुर्घटनामा दिपायल सिलगढी नगरपालिका-७ का जीप चालक तथा गाडी धनी मानबहादुर विष्टकी आमा धौलीदेवी बिष्ट, मानबहादुरकी श्रीमती दुर्गादेवी बिष्ट, उनको साढे एक वर्षका छोरा सिजन विष्ट, सोहि जीपमा रहेका बडीकेदार गाउँपालिका-१ घर भएका जर्णबहादुर बम घाइते भएका छन्।

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक स्वास्थ्यकर्मी बिष्णु बोहरा र मोटरसाइकल पछाडि बसेका स्वास्थ्यकर्मी टंकीकुमारी उपाध्याय जोशी रहेका छन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले बताए। दुर्घटना बिहान करिब ११ बजेतिर भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जीपमा सवार चालककी आमा धौलीदेवी विष्ट र मोटरसाइकल चालक बिष्णु बोहरा गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेलाई थप उपचारका लागि सुखेतस्थित कर्णाली प्रादेशीक अस्पतालमा सेनाको हेलिकप्टरबाट लैजाने तयारी भइरहेको बताइएको छ। उनीहरुको जिल्ला अस्पतालबाट रेफरसमेत गरिसकिएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्