सांसद श्रेष्ठको सिफारिसमा रामेछापको ३ सडकलाई ६० करोड बजेट



काठमाडौं । रामेछापको प्रदेशसभा ‘१’को सांसद तारानारायण श्रेष्ठले सिफारिस गरेको ३ वटा सडकको गुरु योजना स्वीकृत भएको छ । बागमती प्रदेशको भौतिक प्रर्वाधार मन्त्रालयले उक्त सडक निर्माणको खरिद गुरु योजना बजेटसहित पारित गरेको हो ।

मन्त्रालयले रामेछापका प्रमुख सडक मार्ग विस्तार तथा कालोपत्रको लागि बजेटसहित बहुवर्षीय योजना स्वीकृत गरेको हो। मन्त्रालयले सदरमुकामबाट स्थानीय तहको प्रमुख सडकहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ।

गोकुलगंगा र लिखु तामाकोसी गाउँपालिकामा हाल सञ्चालनमा रहेका सडकलाई स्तरउन्नती एवं कालोपत्र गर्ने काम यसै वर्षबाट अघि बढाउने मन्त्रालयले जनाइएको छ। रामेछाप प्रदेश ‘१’ का सांसद तारानारायण श्रेष्ठको सिफारिसमा वर्षौदेखि अलपत्र पर्दै आएका मुख्य सडकलाई कालोपत्र गर्न अघि बढ्न लागेको हो।

मन्त्रालयका अनुसार लिखु तामाकोशी गाउँपालिकाको हलेदे–धोबी सडक खण्ड लागि २० करोड, लिखु कोरिडोरको लागि २० करोड र गोकुलगंगा गाउँपालिकोको रस्नालु-ठोसे सडकको लागि २० करोड बजेट स्वीकृत भएको गरिएको छ।

लामो समयदेखि हलेदे-धोवि सडक निर्माण हुन नसकेर अलपत्र अवस्थामा छ । रस्नालु-ठोसे सडकको अवस्थामा पनि उस्तै छ । २०६४ सालमा श्रेष्ठ सांसद हुँदा खाका तयार गरेको लिखु करिडोर वर्षौसम्म सम्पन्न हुन सकेको छैन । उक्त सडक सम्पन्न गर्न श्रेष्ठले बजेट व्यवस्थान गर्न मन्त्रालयलाई सिफारिस गरेका थिए ।

उक्त सडक नेपालको तपाई क्षेत्रलाई चीनसँग जोड्ने छोटो नाकाको रूपमा समेत हेरिन्छ । यो सडक सम्पन्न भएपछि इन्डिया र चाइना जोड्ने छोटो दुरीमध्ये सकड हुने छ । जसका कारण अन्तरक व्यापार मात्र नभएर अन्तर्राष्ट्रिय व्यपारको पनि यो सडकले सम्भावना बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्