नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान



काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ। ‘प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ।

प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रष्ठिानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवम् भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नोपलमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, संम्वर्द्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनसमेतमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्