स्ववियु निर्वाचन : ३५ क्याम्पसको मतगणना सकिँदा कुन संगठनले कति जिते ? (सूचीसहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज भएको स्ववियु निर्वाचनमा ३५ साना क्याम्पसको मतगणना सकिएको छ । देशभर ३ सयभन्दा कम मतदाता भएका सम्बन्धन प्राप्त ३५ क्याम्पसको नतिजा आएको हो ।

साँझ ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेको छ ।

त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ । जनता क्याम्पस मकवानपुरमा अखिल क्रान्तिकारीका मुना गोली सभापति निर्वाचित भएका छन् ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा- ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा- सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी -शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ -यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक – पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया – लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी- श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला – हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी- रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ- महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी- भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा-  सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत- घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर-  दिलेन्द्र बडु
१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके- विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत- अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत- सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ- मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन- राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा- विक्रम तिवारी

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर- सरस्वती तिरुवा
२. चन्द्रोदय क्याम्पस धादिङ-  सजित सुवेदी
३. जयबागेश्वरी क्याम्पस धादिङ- नवराज त्रिपाठी
४. प्रताप स्मृति क्याम्पस दोलखा- रुपेश अर्याल
५. मोहन्याल क्याम्पस कैलाली- अर्जुन खत्री
६. मच्छिन्द्र क्याम्प्स धादिङ- अनिल उप्रेती
७. सेटिगाउँ क्याम्पस वैतडी- मोहन वोहोरा

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही- लिलाधर घिमिरे
२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत- सतिश रेग्मी
३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा-सरोज थापा

अनेरास्ववियू –(नेकपा एस)

१. वंशगोपाल क्याम्पस मकवानपुर-दिवस सिलवाल
२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर- कुमार घिसिङ
३. तेज निरला क्याम्पस मुस्ताङ- अमिशा तिलिजा

अखिल क्रान्तिकारी –विप्लव)

१. जनता क्याम्पस मकवानपुर- मुना गोली

प्रतिक्रिया दिनुहोस्